ईमान्दारीताका साथ बजेट कार्यान्वयन गर्न आग्रह

ए वान डेस्क
५ असार २०७५, मंगलवार २१:३४

पुष्पराज खतिवडा /

साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले कृषि तथा सहकारी क्षेत्रमा ईमान्दारीताका साथ बजेट विनियोजन गरी कार्यान्वयन गर्न स्थानिय तहरुलाई आग्रह गरेको छ । सोमबार साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वामा बसेको संघको पूर्ण बैठकले स्थानिय तहहरुलाई कृषि तथा सहकारी क्षेत्रमा बजेट विनियोजन गरी सहकारी संस्थाहरुसँगको समन्यवमा काम गर्न सुझाव दिएको हो ।

संघका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षतामा बसेको बैठकले सहकारी क्षेत्रको विकास र आवद्ध साना किसानहरुको हितमा खर्च गर्नुपर्ने बजेट यो वा त्यो बहानामा अन्यत्र खर्च नगर्न समेत अनुरोध गर्ने निर्णय गरेको छ ।

सहकारी संस्था र स्थानिय तहहरु विचको सम्बन्ध नङ्ग र मासुको जस्तै हुनसक्दा मात्रै आर्थीक समृद्धिको मार्ग निर्माण हुने अध्यक्ष सहनीले बताउनुभयो । कतीपय स्थानिय तहहरुले कृषि तथा सहकारी क्षेत्रमा बजेटनै विनियोज नगर्ने गरेपनी अन्यत्रै खर्च गर्ने गरेका कारण त्यसो नगर्न अनुरोध गर्नु परेको उहाको भनाई थियो ।

यता, कृषि क्षेत्रको आगामी बजेटलाई साना किसानहरुको लागि दिगो आम्दानीको श्रोत निर्माणमा खर्च गर्ने जनप्रतिनीधिहरुले बताएका छन् । मंगलबार साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले जितपुरसिमरा उपमहानगरपालिका˗१८को बडहर्वामा आयोजना गरेको कृषि क्षेत्रको विकासमा स्थानिय तह र संघसंस्थाको भुमिकाका विषयक अन्तरकृया कार्यक्रममा स्थानिय वडाका जनप्रतिनिधीहरु यस्तो बताएका हुन् ।

सरकारले कृषि क्षेत्रको विकासबाट समृद्धी हाँसिल गर्न गरेको परिकल्पना साकार पार्ने गरी वडाका विभिन्न टोललाई पकेटक्षेत्रका रुपमा विकास गरी आधुनिक तरिकाबाट कृषिक्षेत्रको विकासमा काम गर्ने उनीहरुले बताएका छन् । त्यसका लागि स्थानिय कृषि सहकारी संस्थाहरुलाई उपयूक्त माध्यमका रुपमा लिईने जनप्रतिनीधिहरुले बताए । तरकारी तथा फलफुल त्यस्तै मासु तथा दुधजन्य पशुचौपायाको उत्पादन वृद्धिका क्षेत्रमा विषेश योजना बनाएर काम गर्ने उनीहरुले बताए ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का अध्यक्ष नवराज खड्का, १८ का अर्जुन प्रसाद दाहाल र कलैया उपमहानगरपालिका २४ का हरिलाल प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका प्रमुख पुष्पराज खतिवडाको सहजीकरण तथा अध्यक्ष नयनकला खड्काको संयोजनमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*