बारामा प्रदेश सरकारको बजेट : दलित शिक्षादेखि कोल्ड स्टोर निर्माणसम्म

ए वान डेस्क
६ असार २०७५, बुधबार ०६:४०

प्रदिप गौतम /

प्रदेश नम्बर २ को सरकारले बिभिन्न शिर्षकमा जिल्ला स्तरीय बजेट बिनियोजन गरेको छ । जस अन्र्तगत बारामा दलित शिक्षादेखि कोल्ड स्टोर निर्माणसम्मको योजना परेको छ ।

आर्थीक बर्ष २०७५/०७६ को बजेट शार्वजनीक गर्दे आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बिभिन्न शिर्षकका लागी आवश्यक बजेट बिनियोजन गरिएको बताउनुभयो ।

बारामा यस्तो छ प्रदेश सरकारको बजेट

दुधौरा र पसाह खोला

बाराको दुधौरा र पसाह खोला नियन्त्रण गर्ने बिषयमा सरकारले चासो दिएको छ । बर्खाको समयमा बर्षेनी जनधनको क्षती हुने गरेपछि सरकारले खोला नियन्त्रण गर्ने बिषयमा चासो दिएको हो । बर्खा शुरुहुनै लाग्दा प्रदेश नम्बर २ को सरकारले दुधौरा र पसाह खोला नियन्त्रण गर्न पहल थाल्ने बताएको छ । त्यसको लागी आवश्यक बजेट बिनियोजन गरिएको सरकारले जनाएको छ ।

कोल्ड स्टोर निर्माण

बारामा शित भण्डार अर्थात कोल्ड स्टोर निर्माण गरिने भएको छ । प्रदेश नम्बर २ को ८ वटै जिल्लामा कोल्ड स्टोर निर्माण गर्ने निति अनुरुप बारामा पनि कोल्ड स्टोर निर्माण गरिने भएको हो । आर्थीक बर्ष २०७५÷०७६ को बजेट शार्वजनीक गर्दे प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेश नम्बर २ को ८ वटै जिल्लामा कोल्ड स्टोर निर्माण गरिने बताउनुभयो । कोल्ड स्टोर निर्माण भईसकेपछि यहाका किशानलाई राहत पुग्ने अनुमान गरिएको छ ।

किशानलाई बिशेष अनुदान

सरकारले किशानहरुलाई मेशिनगरी औजार र कृषि सामाग्रीमा बिशेष अनुदान दिने भएको छ । आर्थीक बर्ष २०७५÷०७६ को बजेट शार्वजनीक गर्दे मन्त्री विजय यादवले सो कुरा बताउनुभएको हो । साथै चुरे क्षेत्रमा बसोबास गर्ने किशानलाई ईनार निर्माण गर्न अनुदान दिने तयारी भईरहेकोसमेत उहाले बताउनुभयो ।

दलित शिक्षा

जिल्लामा निशुल्क दलित शिक्षा दिने तयारी गरिएको छ । प्रदेश नम्बर २ को सरकारले आर्थीक बर्ष २०७५÷०७६ का लागी यस्तो कार्यक्रम अघि सारेको हो । निशुल्क दलित शिक्षाका साथै छात्राबास निर्माण गर्न बारामा प्रदेश सरकारले १ करोड बजेट बिनियोजन गरेको छ ।

सेटेलाईट सहर

प्रमुख शहरहरुको आसपासमा सेटेलाईट सहर निर्माण गरिने भएको छ । त्यसको लागी बारामा सेटेलाईट सिटिको सम्भाव्यता अध्ययन गर्ने प्रदेश सरकारले तयारी गरेको छ । तयारी स्वरुप शुरुवाती कार्य गर्न प्रदेश सरकारले बजेट बिनियोजन गरेको जनाएको छ ।

सिम्रौनगढको संरक्षण

पुरातात्विक मठ मन्दिरले भरिएको सिम्रौनगढको संरक्षण र सम्द्धन गरिने भएको छ । सिम्रौनगढलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले बिशेष चासो दिएको हो । त्यसको लागी बजेट बिनियोजन गरिएको यादवले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*