पर्सा राष्ट्रिय निकुञ्जभित्र सुरक्षित छैनन वन्यजन्तु

ए वान डेस्क /
जनावरले आफू जान चाहेको गन्तव्य सुरक्षित छ कि छैन भनेर विचार गर्छ । त्यसरी हिँड्ने वेलामा जनावरसँग जम्काभेट भयो भने दुर्घटना हुन सक्छ । यसरी जम्काभेट हुँदा मानवीय क्षति भएका थुपै्र घटना छन् । अझ जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि कम छैन । प्रमुख समस्या नै यसलाई लिन सकिन्छ ।
किनकि वन्यजन्तु दैनिक जीवनका लागि हिँडडुल गरिरहनु पर्दछ । फास्ट ट्रयाकबाट पनि रौतहटमा हात्ती र गैँडा पुगेको प्रमाण छ । हलखोरियासम्म पनि बाघ बढ्दै छ । त्यो पनि चुनौती रहेको छ । बीचमा जनावर देखियो भने दुर्घटना हुनसक्ने संभावना हुन्छ ।
उता, वन्यजन्तुको सबैभन्दा सहज वासस्थान घाँसे मैदान रहको रामभौरीभाठ्ठास्थित दुग्धेश्वर नाथ महादेवको मन्दिर र मन्दिरमा लाग्ने मेलाले अवरोध गरेको छ । यसको व्यवस्थापनका लागि संवाद भए पनि स्थानीय तह तथा राजनीतिक दलका नेताहरूले मेलालाई व्यावस्थापनमा मात्रै जोड दिएका छन् ।
जंगली जनावरको लागि आवश्यक आहारा पाइने घाँसे मैदान सोही क्षेत्रमा रहेको र जीवजन्तुहरूको रोजाइको ठाउँ पनि रहेकाले त्यहाँ रहेको मन्दिरमा मानिसको आवतजावत भएमा जनवारहरूको लागि असहज हुने भएकोले निकुञ्जले मन्दिर छेउमा लाग्ने मेलालाई त्यो क्षेत्रभन्दा बाहिर ल्याउनुपर्ने प्रस्ताव गरेको छ ।
तर, मेला व्यावस्थापन समिति र राजनीतिक दलका नेताहरूले भने धार्मिक आस्थालाई जोडेर मेलालाई व्यवस्थित गर्नुपर्ने अडान लिएका छन् । वन्यजन्तुको आहारा रहेको मुख्य क्षेत्रमा नै मेला लगाउन दिँदा वन्यजन्तु बिच्किने र मानिसलाई पनि खतरा रहेकोले उसको वासस्थानलाई सहज बनाउन मेलालाई जंगलभन्दा बाहिर लगाउन दिने र मन्दिर दर्शनका लागि भने आउन जान दिने योजना बनाएको छ ।
मेला व्यावस्थापनका लागि भने निकुञ्जले गठन गर्ने मध्यवर्ती उपभोक्ता समितिको जिम्मामा रहने गरी व्यावस्थापन गर्न लागिएको छ । तर, स्थानीय मेला व्यवस्थापन समितिले निकुञ्जको प्रस्तावलाई मेला सार्नेभन्दा व्यावस्थापन गरेर लानुपर्नेमा जोड दिएको छ ।
यस बिषयमा हामीले पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसंग कुराकानी गर्न खोज्दा उहाको फोन लागेन् ।