कोल्हवी : वडा नम्बर १ मा अबैद्य घरेलु मदिरा बन्द

ए वान डेस्क
८ असार २०७५, शुक्रबार १०:५४

नविन चौधरी /

कोल्हवी नगरपालिकाको वडा नम्बर १ मा रहेका होटलहरुमा अबैद्य घरेलु मदिरा बिक्रि वितरणमा रोक लगाईएको छ । अबैद्य घरेलु मदिराका कारण वडा नम्बर १ मा घरेलु हिंसा बढेकोभन्दै ईलाका प्रहरी कार्यालय कोल्हवीले अबैद्य घरेलु मदिरा बिक्रि वितरणमा रोक लगाएको हो ।

ईलाका प्रहरी कार्यालय कोल्हवीमा आयोजित होटल व्यवसायीहरुसंगको छलफलपछि वडा नम्बर १ मा मदिरा बिक्रि वितरणमा रोक लगाउने निर्णय गरिएको प्रहरी प्रमुख पुस्कर बोगटिले जानकारी दिनुभयो । छलफलमा वडा नम्बर १ का होटल व्यवसायीहरुले अबदेखि राती ९ बजेसम्म मात्र होटल सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

छलफलमा प्रहरी प्रमुख बोगटीले असार मसान्त भित्रमा आवश्यक प्रक्रिया पुरा गरेर होटल व्यवसाय दर्ता गराउन आग्रह गर्नुभयो । छलफलमा वडा नम्बर १ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, उद्योग वाणिज्य संघ कोल्हवीका सचिव हरिओम रौनियार, समाजसेवी जगदेव चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*