एसईई परीक्षाको नतिजा आज

ए वान डेस्क
९ असार २०७५, शनिबार ०९:५४

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा शनिबार (आज) प्रकाशित गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले आज अपराह्न ४ बजे नतिजा सार्वजनिक हुने जानकारी दिए ।

‘सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइसकेको छ, नियन्त्रक रेग्मीले भने ‘आज रिजल्ट सार्वजनिक गर्नेछौं ।’

परीक्षा नियन्त्रक रेग्मीले समयमै नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण केहीदिन ढिला हुन गएको बताए । यसअघि गत बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*