चट्याङ्ग लागेर कोल्हवीमा पाच वटा बाख्रा मरे

नविन चौधरी /
बर्षासंगै परेको चट्याङ्ग लागेर आज विहान कोल्हवीमा पाच वटा बाख्रा मरेका छन् । कोल्हवी नगरपालिका वडा नम्बर २ मा रहेको पुरानो काँटा बाख्रा फर्ममा आज बिहान ३ बजे चट्याङ्ग लागेर पाच वटा बाख्रा मरेका हुन् ।
फर्मका संचालक राजु प्रसाद घोरासाइनीले ए वान समाचारलाई दिनुभएको जानकारी अनुसार पाचको बाख्राको मृत्यु हुदा लाखौको क्षति भएको छ । फर्ममा रहेका सबै बाख्राको एन.बि. इन्सुरेन्स कम्पनीमा बिमा गरिएको छ ।