एसईईको नतिजा सार्वजनिक

ए वान डेस्क
९ असार २०७५, शनिबार २०:०४

२०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ ।

शनिबारदिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ ।

नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*