जीतपुरसिमरा उप–महानगरपालिकाको बजेट एक अर्बभन्दा बढि

ए वान डेस्क
१० असार २०७५, आईतवार १४:१२

प्रदिप गौतम /

जीतपुरसिमरा उप–महानगरपालिकाको दोश्रो नगरसभा अहिलेपनि जारी छ । नगरसभामा नगर प्रमुख डा. कृष्ण पौडेलले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र उपप्रमुख सरस्वती चौधरीले आव २०७५÷७६ को प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो ।

निति तथा कार्यक्रम

नगर प्रमुख डा. पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरव तथा प्राथमिकताका आयोजनाहरु, यातायात र सडक सञ्जाल, जग्गा व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि तथा पुशपालनको व्यसायीकरण, आवास तथा शहरीकरण, औद्योगिक क्षेत्र व्यवस्थापन र प्रदुषण नियन्त्रण, चुरे संरक्षण र नदी नियन्त्रण, युवा तथा खेलकुद, पर्यटन प्रवद्धन, न्याय सम्पादन, सुचना तथा प्रविधि, विपद् व्यवस्थापन, जैवि विविधता, प्राकृतिक स्रोतहरुको सम्वद्धन र नगर वन, लक्षित समुदाय सशक्तिकरण, जनजाती विशेष कार्यक्रम, जेष्ठ नागरिक, व्यवसायिक, पेशागत र सामुदायिक संगठनहरुको सशक्तिकरण, उपयुक्त व्यवसायिक वातावरण र सुरक्षित श्रमजिवन, सचेत, नैतिकवान र सामाजिक न्यायसहितको समतामुलक समाज, दमकल, बसपार्क, ल्याण्डफिल्डसाइट र अन्य व्यवस्थापन, आयस्रोत संयोजन र बजार व्यवस्थापन र अनुगमन समेटिएका छन् ।

एक अर्बभन्दा बढिको बजेट

उपप्रमुख सरस्वती चौधरीले आगामी आव २०७५/७६ का अनुमानित आय–ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । नगरसभामा आर्थीक बर्ष २०७५/०७६ का लागी उप–प्रमुख चौधरीले एक अर्बभन्दा बढि बजेट प्रस्तुत गर्नुभएको थियो ।

नगरसभामा चौधरीले १ अर्ब ७ करोड १५ लाख १ हजार ८ सय २० रुपैया बजेट प्रस्तुत गर्नुभयो । जसमा चालु आर्थीक बर्षमा खर्चतर्फ १६ करोड १९ लाख र पुजिगतर्फ ९० करोड ९६ लाख १ हजार ८ सय २० रुपैया रहेको छ ।

छलफल जारी

प्रस्तुत नीति तथा कार्यक्रम र प्रस्तावित बजेटमाथि अहिले छलफल चलिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*