नेपाल लााईफ इन्स्योरेन्सको गोष्ठी सिमरामा सम्पन्न

ए वान डेस्क
१० असार २०७५, आईतवार १४:४६

नेपाल लाईफ इन्सोरेन्स कंम्पनी लिमिटेड जितपुर उपशाखाले सिमराको थानिमाई बनमा गोष्ठी तथा बनभोज कार्यक्रमको आयोजना गरेको छ । कम्पनीका क्षेत्रिय प्रवन्धक देव पुजन प्रसाद गौरो थारुले नेपालमा बिमा कम्पनीहरु मध्ये नेपाल लाईफको कारोबारले नसोचेको उपलब्धी हाँसिल गरेको बताए ।

नेपालमा थपिएका थप दर्जन बढी बिमा कम्पनीहरुले आफनो कारोबारमा उल्लेख्य बृद्धी गर्न नसकिरहेका बेला नेपाल लाईपmले भने आफ्नो लक्ष्य भन्दामाथी कारोबार गरेको जानकारी दिए । गोष्ठीको सहजीकरण गरेका थारुले अन्य बिमा कम्पनीहरुको बोनस दरभन्दा यस कम्पनीमा बोनसदर उच्च रहेको भन्दै उनले नेपाल लाईफका ऐजेन्सी मेनेजरहरुले आफ्ना बिमितहरुमाथी न्याय गरिरहेको बताए ।

कार्यक्रममा कम्पनीका एजेन्सी मेनेजर सरस्वती घिमिरेले नेपालमा बिमा गर्नेको संख्या बढीरहेको भन्दै अहिले बिमाको आवस्यकता बिमित आफैले महशुस गर्न थालेको बताए । अब गाईबस्तु र सवारी साधनको बिमामा समेत चेतना बढीरहेकाले मानिसमा जिवन बिमाको चेतनामा उलेख्य बृद्धी भएको बताइन् ।

गोष्ठीमा कम्पनीका एजेन्सी मेनेजरहरु कृष्ण सिग्देल, यसोदा सिवाकोटी, सत्रुघन प्रसाद, नन्दुराम यादव, बिजनेस कोडिनेटर सुमित्रा पन्त, इन्दीरा उप्रेती लगाएतले आफ्नो कारोबार र लक्ष्यका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा उपस्थित भएको जितपुर उपशाखाबाट कारोबार गर्ने ऐजेन्सी मेनेजर, बिजनेश कोडिनेटर, अभिकर्ता लगाएत ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

जितपुर उपशाखाका प्रमुख राजकुमार कुश्वाहाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य नन्दुराम यादवले राखेको थिए । गोष्ठीपछि कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बनभोज कार्यक्रमको समेत आयोजना गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*