निजगढ नगरपालिकाको बजेट ६१ करोड

निजगढ नगरपालिकाको दोश्रो नगरसभा अहिले जारी छ । नगरसभाको एक कार्यक्रमकाबिच नगर प्रमुख सुरेशकुमार खनालले उद्घाटन गर्नुभयो ।
नगरसभामा उप–प्रमुख लिलादेवी खनालले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरसभामा आर्थीक बर्ष २०७५/०७६ का लागी नगर प्रमुख खनालले ६१ करोड ४० लाख ८ हजार रुपैया बजेट प्रस्ताव गर्नुभएको थियो ।
सञ्चारकर्मी महेश्वर अधिकारीले दिनुभएको जानकारी अनुसार अहिले बजेटमाथि छलफल भईरहेको छ ।