दस हजार कर्मचारी स्थानिय तहमा पठाउछौ : लालबाबु पण्डीत

ए वान डेस्क
१० असार २०७५, आईतवार १५:५५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले कर्मचारी अभाव खेपिरहेको स्थानिय तहका लागि दस हजार कर्मचारी पठाउने तयारी भईरहेको बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको दोस्रो नगर सभाको आईतवार उद्घाटन गर्दै मन्त्री पण्डीतले जनताले प्राप्त गर्ने सेवामा कुनै अवरोध नहुने गरी कर्मचारी परिचालन गर्ने बताए ।

राज्यलाई ढाटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ती नपाउने मन्त्री पण्डीतको भनाई थियो ।cमुलुकमा राजनितिक संक्रमण सकिएपनि अहिले राज्यले कर्मचारी संक्रमण भोगिरहनुपरेको मन्त्री पण्डीतले बताए ।

कर्मचारीले आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा समस्या भईरहेको भन्दै मन्त्री पण्डीतले कर्मचारीलाई जिम्मेवारी बोध हुने गरी खटाउने काम बताए । राज्यले दिएको जिम्मेवारी पुरा नगर्ने र राज्यले तोकेको स्थानमा पुगेर सेवा गर्न नसक्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने भन्दै मन्त्री पण्डीतले समृद्धिको अभियानमा गम्भिरतापूर्वक काम गर्न निर्देशन दिए ।

संघीय संरचनापछि बनेको तीन तहको सरकारबाट जनताको चाहना धेरै रहेको भन्दै मन्त्री पण्डीतले जनताका लागि काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । स्थानिय स्रोत र साधनलाई बढी प्रयोग गर्दै बिकासका कामलाई गति दिन सके सफलता हासिल गर्न सक्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश २ का सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ, शोभा लामालगायतले सम्बोधन गरेका थिए । सभामा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । मेयर डा. पौडेलले शिक्षा, स्वास्थ्य, कृषी, सडक, पर्यटन, युवा तथा खेलकुद, पर्यावरण संरक्षण, आवास तथा सहरीकरण, जग्गा ब्यवस्थापन, औद्योगिक क्षेत्र ब्यवस्थापन, स्वरोजगारलगायत विभिन्न क्षेत्रमा उपमहानगरले योजनाबद्ध ढंगले काम गर्ने बताए ।

‘पहिलो आर्थिक बर्षको अनुभवले हामीलाई अगाडी बढ्न सहज बनाएका छ, नीति तथा कार्यक्रमलाई पनि सबै क्षेत्रलाई सम्बोधन हुने गरी र जनताको चाहना पुरा गर्ने गरी ल्याएका छौ ’ मेयर डा. पौडेलले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*