बाराका सिडिओले पाए ‘जागिर’ बाट अवकाश

प्रदिप गौतम /
बाराका प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ विजयनारायण मानन्धरले अवकाश प्राप्त गर्नुभएको छ । ५५ बर्षका मानन्धरले जागिर जिवनको ३६ बर्षमै अवकास प्राप्त गर्नुभएको हो ।
झन्डै आधा दर्जन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका मानन्धर पछिल्लो पटक बारामा १९ महिना प्रमुख जिल्ला अधिकारी रहनुभयो । यसअघि उहा हुम्ला, कालिकोट, धनकुटा र सिराहमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।
सरल स्वभाका मानन्धरले आज बारा छाड्नुभएको छ । भोलिदेखि अवकाश जिवन बिताउन थालेका मानन्धरले आफ्नो बारा बसाई उलब्धिमुलक रहेको बताउनुभयो ।
ए वान समाचारसंग कुरागर्दे उहाले १९ महिनासम्म बारा बसाईलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।