जीतपुरसिमराका महिलालाई २ दिने व्यवसायीक तालिम

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाभित्र बिभिन्न व्यवसायमा आवद्ध महिलाहरुलाई २ दिने तालिम दिईएको छ । उप–महानगरपालिकाको सहयोगमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले २ दिने तालिम दिएको हो ।
वडा नम्बर २ को कार्यालयमा आयोजित महिला व्यवसाय प्रबद्र्धन र नेतृत्व विकास तालिममा ५४ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–प्रमुख सरस्वती चौधरीले समापन गर्नुभएको थियो ।
तालिममा सहभागी महिलाहरुलाई समापन कार्यक्रमकाबिच हिजो प्रमाणपत्र वितरण गरिएको संयोजक रिना बजगाईले जानकारी दिनुभयो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दे उप–प्रमुख चौधरीले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
तालिममा सहभागी महिलाहरुले व्यवसाय प्रर्वद्धन गर्न यस्ता किशिमका तालिम फलदायी हुने बताए । नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लगायतको उपस्थिति रहेको थियो ।
तालिममा सहभागीहरुलाई उद्योग वाणिज्य महासंघकी पुर्व केन्द्रिय सदस्य शर्मिला डंगोल र बि.एन. आर बिजनेस कन्सल्टेन्सिका प्रमुख सरोज भट्टले प्रशिक्षण दिनुभएको थियो ।