निजगढमा भ्यु–टावर निर्माण

ए वान डेस्क
१८ असार २०७५, सोमबार ११:५०

निजगढ नगरपालिका–४ मा भ्यु–टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निजगढ चोकस्थित सहिद हीरालाल पार्कमा ३० फिट अग्लो भ्यु–टावरको निर्माण गरिएको हो । टावर निर्माण कार्य अन्तिम चरणमा पुगेको निजगढ नगरपालिकाका मेयर सुरेश खनालले जानकारी दिए ।

टावरको करिब ९० प्रतिशत काम सकिएको छ । आगामी मंसिरसम्ममा टावर सञ्चालनमा आउने नगरपालिकाका सूचना अधिकारी नवीन खनालले जानकारी दिए । ५१ लाख ७० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको भ्यु–टावरबाट बारा, पर्सा, रौतहटसहित सीमावर्ती भारतका ठाउँसमेत देख्न सकिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*