जीतपुरसिमरामा २५ वटा उजुरी दर्ता

ए वान डेस्क
१९ असार २०७५, मंगलवार १६:१३

प्रदिप गौतम /

जीतपुरसिमरा उप–महानगरपालिकामा गठित न्यायिक समितिमा धमाधम उजुरी दर्ता हुन थालेको छ । स्थानीय स्तरमा हुने वादविवाद, घरेलु हिंसा, जग्गा सम्बन्धी विवाद जस्ता देवानी प्रकृतिका मुद्धाहरु न्यायिक समितिले हेर्न थालेपछि उजुरी पर्न थालेको हो ।

उप–महानगरपालिकामा अहिलेसम्म २५ वटा उजुरी दर्ताको भएको उप–मेयर सरस्वती चौधरीले ए वान समाचारलाई जानकारी दिनुभयो । जसमध्य ५ वटा मुद्धाको फैसला भईसकेको उहाले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन भएको ९ महिना पूरा भएको छ । तर वितेको नौ महिनामा २५ वटा मुद्धा पर्नु एकदमै थोरै भएपनि कार्यसम्पादनको राम्रो सुरुवात भएको संयोजक चौधरीले बताउनुभयो ।

‘हामीले उप–महानगरपालिकामा आउने अधिकासं समस्यालाई निर्णय गरेर भन्दा पनि मेलमिलापको प्रक्रियाबाट समाधान गरेका छौ’ उहाले भन्नुभयो ।

जीतपुरसिमरा उप–महानगरपालिकामा फागुन ६ गते न्यायिक समिति गठन गरिएको थियो ।

नेपालको संविधानको धारा २१७ को उपधारा १ मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय १ न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँसभा वा नगरसभाबाट आफू मध्येबाट निर्वाचित २ जना सदस्य रहने भनिएको छ ।

जस अनुरुप समितिमा तुलसा मैनाली र क्यामुद्धिन मंसुली सदस्य हुनुहुन्छ । दुवैजना निर्विरोध निर्वाचित हुनुभएको थियो ।

के काम गर्छ समितले ?

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्नेछन् । नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्ने छ ।

समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत नगरसभामा पेस गर्नुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*