निजगढ-रतनपुर सडक बाढीले बगायो
१९ असार २०७५, मंगलवार १६:२६
निजगढ-रतनपुर सडक लालबकैया खाेलाकाे बाढीले बगाएकाे छ । ट्राफिक भवनकाे उत्तरतर्फ एक सय मिटर ग्राभेल सडक गएराती बगाएकाे हाे ।
बाटाे बगाएपछि साविक रतनपुरका स्थानीय निर्माणाधीन फास्ट ट्याककाे बाटाे प्रयाेग गरिरहेका छन् । निर्माणकार्य भईरहेकाे भन्दै नेपाली सेनाले सडक सर्वसाधारणकाे लागि बन्द गरेकाे थियाे ।























