क्षेत्रीय कार्यालयहरु खारेज हुँदै

ए वान डेस्क
२० असार २०७५, बुधबार ०७:४५

नयाँ संरचनाअनुसार क्षेत्रीय कार्यालय खारेज गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ती कार्यालय खारेज गरेर प्रादेशिक कार्यालयमा रुपान्तरण गर्ने कार्य अघि बढाएको हो । हाल विभाग अन्तर्गत रहेका निर्देशनालयहरु राखिएको छ ।

मुलुक संघीयतामा गइसके पनि क्षेत्रीय कार्यालयहरु यथावत् रहेका छन् । प्रदेशमा रहने कार्यालयको सर्वेक्षण गरेर अहिले रहेका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रुपान्तरण गर्न लागिएकोे मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

संगठन तथा दरबन्दी संरचना समिति गठित गठन गरेर प्रदेशमा रहने कार्यालय र दरबन्दी यकिनबारे सर्वेक्षण गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*