नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो, खुल्न समय लाग्ने

ए वान डेस्क
२० असार २०७५, बुधबार ०८:२५

नारायणगढ–मुग्लिन सडकखण्डमा अहिलेसम्मकै ठूलो पहिरो खसेको छ । आज बिहान ५ बजेर ४० मिनेटमा तोपे खोलामा अहिलेसम्मकै ठूलो पहिरो खसेको प्रहीले बताएको छ ।

यो पहिरो हटाउन आज दिनभरी नै लाग्ने प्रहरीले अनुमान गरेको छ । पहिरो खसेपछि अहिले यो सडकखण्डमा चल्ने गाडी रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन् । पहिरो गएपछि काठमाडौंका लागि छुटेका गाडी जुगेडीमा र काठमाडौंबाट छुटेका गाडी मुग्लिनमा रोकिएको प्रहरीले जनाएको छ ।

वर्षा सुरु भएसँगै दिनहुँ पहिरो खस्दा यो सडकखण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । यसअघि गएको मंगलबार र बुधबार खसेको ठूलो पहिरो १२ घण्टाभन्दा लामो समयमात्र हटाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*