जीतपुरमा ३ दिने तालिम शुरु
ए वान डेस्क /
बाराको जीतपुरमा सहकारी सम्बन्धी ३ दिने तालिम शुरु भएको छ । जीतपुरसिमरा उप–महानरपालिकाको सहयोगमा सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तालिम आयोजना गरेको हो ।
तालिमको आज एक कार्यक्रमकाबिच समाजसेवी देवनारायण चौधरीले उद्घाटन गर्नुभयो । संस्थाकी अध्यक्ष सिता उप्रेतीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य ज्ञानीदेवी पास्वान, महिला नेतृ बिद्या थापा, नेकपाका नेता मनोज पौडेल, नेतृ गिता कडेल लगायतको उपस्थिति रहेको थियो ।
तालिममा ९ वटा वडाका गरी झन्डै ५० जना महिलाहरु सहभागी छन् । सहभागी महिलाहरुलाई समाज सुधार कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक रबिन्द्र भण्डारीले प्रशिक्षण दिईरहनुभएको छ ।















