सिमरामा २ दिने तालिम सम्पन्न

ए वान डेस्क
२६ असार २०७५, मंगलवार १७:०३

ए वान डेस्क /

होटल व्यवसायी संघ बाराले सिमरामा आयोजना गरेको व्यवसायी क्षमता विकास तथा लेखा व्यवस्थापन सम्बन्धी २ दिने तालिम आज सम्पन्न भएको छ । तालिमको आज एक कार्यक्रमकाबिच जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले समापन गर्नुभएको हो ।

समापन कार्यक्रममा बोल्दै मेयर डा. पौडेलले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाको पर्यटन समितिकी चिनिमाया पाख्रिन, पर्यटन व्यवसायी प्रकाश वाग्ले, बरिष्ठ पत्रकार रेशम तिवारी, लेखा बिज्ञ सरोज भट्ट, कानुन बिज्ञ संतोष ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

तालिम होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहनशर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन कार्यक्रमकाबिच तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । प्रमाण पत्र वितरण गर्दे होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहनशर्मा लामिछानेले ज्तिपुरसिमरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सम्बद्ध सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिनुभयो । त्यसको लागी उप–महानगरपालिकाले बिशेष संयन्त्र बनाएर अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।

तालिममा जीतपुरसिमरा उप–महानगरपालिकाभित्रका झन्डै ५० जना होटल व्यवसायीहरुको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई अध्यक्ष मोहनशर्मा लामिछाने, पर्यटन व्यवसायी प्रकाश वाग्ले, लेखा बिज्ञ सरोज भट्ट र कानुन बिज्ञ संतोष ढुंगेलले प्रशिक्षण दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*