सिमरामा वृक्षारोपण तथा सरसफाई

ए वान डेस्क /
बाराको सिमरामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको आर्थीक सहयोगमा नगर उद्योग वाणिज्य संघले सिमरामा वृक्षारोपण तथा सरसफाई गरेको हो ।
कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाह, बरिष्ठ उपाध्यक्ष मोहन शर्मा, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्ट, महिला नेतृ गिता कडेल लगायतको उपस्थिति रहेको थियो । बिजनेस हब बनाउने हाम्रो चाहना, सफा नगर बनाउने हाम्रो कामना भन्ने मुल नाराका साथ सिमरा बजारको सरसफाई गरिएको थियो ।
सरसफाई कार्यक्रमपछि ए वान समाचारसंग कुरागर्दे नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्माले जीतपुरसिमरालाई हाम्रो र राम्रो नगर बनाउन कुनै कसर बाकी राख्न नहुने बताउनुभयो ।