जीतपुर मेलामा साढे २ लाख घाटा

ए वान डेस्क
२८ असार २०७५, बिहीबार ०९:४५

ए वान डेस्क /

प्रथम बृहत जीतपुर खेलकुद तथा सांगितिक व्यापार मेला २०७४/०७५ मा साढे २ लाख घाटा भएको आयोजकले जनाएको छ । आयोजक मुल समारोह समितिले आज जीतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आय–व्यय शार्वजनीक गरेको हो ।

मेलाको आय–व्यय शार्वजनीक गर्दे मुल समारोह समितिले मेलामा २ लाख ५६ हजार २१ रुपैया घाटा भएको बताएको छ । पत्रकार सम्मेलनमा मेलाको आय–व्यय प्रस्तुत गर्दे मुल समारोह समितिका कोषाध्यक्ष शेखर भण्डारीले मेलामा २८ लाख ६५ हजार ६ सय ८५ रुपैया आम्दानी भएको बताउनुभयो ।

मेलामा स्पोन्सरबाट ५ लाख ८० हजार, स्टलबाट ४ लाख २१ हजार ५ सय, बाल उद्यानबाट ४ लाख ९१ हजार ९ सय २५ र टिकटबाट १३ लाख ७४ हजार ९ सय ६० रुपैया आम्दानी भएको भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार मेलामा ३१ लाख २४ हजार ७ सय ६ रुपैया खर्च भएको छ ।

पत्रकार सम्मेलनमा बिभिन्न शिर्षकमार्फत आम्दानी र खर्चको विवरण शार्वजनी गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै मुल आयोजक समारोह समितिका संयोजक मनोज साहले सबैको साथ र सहयोगले मेला भब्य रुपमा सम्पन्न भएको बताउनुभयो । ‘मेला नगराउन धेरै व्यक्तिहरु पनि लागे, तर घाटा भएपनि हामीले मेलालाई सफल बनाएरै छाड्यौ’ उहाले भन्नुभयो ।

पत्रकार सम्मेलनमा प्रमुख अथितिको रुपमा रहनुभएका स्थानीय समाजसेवी राजुराज गिरिले युवाहरुको एकजुटले जीतपुर मेला भब्य र सभ्यरुपमा सम्पन्न भएको बताउनुभयो । उहाले आगामी दिनमा सबैलाई समेटेर मेला गराउन सुझावसमेत दिनुभयो ।

मुल आयोजक समारोह समितिका संयोजक मनोज साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव नविन मैनालीले गर्नुभएको थियो । पत्रकार सम्मेलनमा शिक्षक राजुकुमार सिंह, शान्ति युवा विकास मञ्च जीतपुरका अध्यक्ष दिपक गुप्ता, जनचेतना युवा क्लबका सचिव धुर्व ढकाल लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनकाबिच मेलालाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेकोभन्दै मुल समारोह समितिले गायक तथा सञ्चारकर्मी विकाश पाण्डेलाई सम्मान गरेको थियो । पाण्डेलाई कार्यक्रमका प्रमुख अथिति राजुराज गिरि र मुल समारोह समितिका संयोजक मनोज साहले खादा तथा मायाको चिनो दिएर सम्मान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*