सिमरामा दलित तथा विपन्न छात्रालाई साईकल वितरण

ए वान डेस्क /
बाराको सिमरामा रहेको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा अध्यनरत्त छात्राहरुलाई साईकल वितरण गरिएको छ । बिद्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबिच कक्षा १२ मा अध्ययनरत ५ जना दलित तथा विपन्न परिवारका छात्रालाई साइकल वितरण गरिएको हो ।
छात्राहरुलाई जीतपुरसिमरा उप–महानगरपालिकाले साईकल वितरण गरेको हो । साईल वितरण कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले जेहेन्दार छात्राहरुलाई साइकल वितरण गर्न पाउदा आफुहरु खुशि भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरपालिकाकी सामाजिक विकास समितिकी संयोजक शोभा कार्कीले सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न जरुरी रहेको बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गोतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु रामचन्द्र अधिकारी, चिनीमाया परियार, प्रधानाध्यापक शङ्कर कुमार आचार्य, सहायक प्रधानाध्यापक अच्युतदेव सिटौला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक गोपी अधिकारीले गर्नुभएको थियो ।