५७ जना महिलालाई सहुलियत कर्जा

ए वान डेस्क /
आयआर्जन र स्वरोजगारमुलक ब्यवसायकाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाले शुक्रवार १६ वटा वडाका महिलालाई सहुलियत कर्जा वितरण गरेको छ । गरिबी निवारण तथा सामुदायिक बिकास प्रवद्र्धन कोषबाट उपमहानगरपालिकाले वडा नं. १ देखी वडा नं. १६ सम्मका ५७ जनालाई महिलालाई ४४ लाख कर्जा वितरण गरेको हो ।
वडामा सक्रिय महिला समुहहरुको सिफारिसका आधारमा गरिब, बिपन्न, दलित, आदीबासी जनजाती महिलालाई ३० हजारदेखी एक लाखसम्मको कर्जा वितरण गरिएको हो । कर्जा वितरण कार्यक्रममा बोल्दै मेयर डा. पौडेलले महिलालाई आत्मनिर्भर बनाउनका निम्ति कर्जा वितरण गरिएको बताए ।
महिलाहरुले पशुपालन, विभिन्न ब्यवसाय र अटोरिक्सा चलाएर आयआर्जन गर्न सक्ने हेतुले कर्जा विरतण गरिएको मेयर डा. पौडेलको भनाई थियो । कार्यक्रममा उपमेयर सरस्वती चौधरीले महिला लक्षीत कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले कर्जा वितरण गरेको बताईन् ।
महिलालाई आत्मनिर्भर बनाउनुका साथै समाजमा सक्रिय गराउनका निम्ति पनि यस्तो कार्यक्रम प्रभावकारी हुने उपमेयर चौधरीको भनाई थियो ।
कार्यक्रममा सामाजिक बिकास समिति संयोजक शोभा कार्कीलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिवकुमार कार्की, कार्यपालिका सदस्य अनिता चौधरीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सामाजिक बिकास शाखाका हरिकिशोर साहले गरेका थिए ।