बाराका पत्रकार सिग्देललाई प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार

ए वान डेस्क
३० असार २०७५, शनिबार १०:२९

ए वान डेस्क /

पत्रकार कृष्ण सिग्देल प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा सिग्देललाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले प्रदेश नम्बर २ बाट पत्रकार सिग्देललाई छनोट गरेको थियो । ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिएको रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ हिजो एक कार्यक्रमकाबिच प्रदान गरिएको थियो ।

जसअनुसार प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट पुरस्कृत पत्रकारहरू नामावाली यसप्रकार रहेको छ

प्रदेश नम्बर १– निरोज कोइराला (रेडियो नेपाल÷हिमालय टाइम्स–भोजपुर)
प्रदेश नम्बर २ – कृष्ण सिग्देल (राजधानी दैनिक÷अनलाइनखवर– बारा)
प्रदेश नम्बर ३ – चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क– काभ्रेपलाञ्चोक)
प्रदेश नम्बर ४ – पवन पौडेल (दमौली एफएम–तनहुँ)
प्रदेश नम्बर ५ – पार्वती पाण्डे (बुद्धदर्पण दैनिक–कपिलवस्तु)
कर्णाली प्रदेश– मेघराज खड्का (कारोबार दैनिक– रुकुम)
प्रदेश नम्बर ७ – गोकर्ण दयाल (गोरखापत्र दैनिक– बैतडी)
उपत्यका प्रदेश– चन्द्र बानियाँ (रेडियो नेपाल– काठमाडौं)

रेडियो निजगढलाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार

बारामा रहेको रेडियो निजगढलाई ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्रदान गरिएको छ । उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई हिजो ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्रदान गरिएको थियो ।

रेडियो निजगढ प्रदेश नम्बर २ बाट छनौट भएको हो । रु. २० हजार राशीको यो पुरस्कार प्राप्त गर्ने एफएम रेडियोको नामावली यसप्रकार रहेको छ–

प्रदेश नम्बर १— सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु)

प्रदेश नम्बर २– रेडियो निजगढ (बारा),

प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप),

प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा),

प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान),

कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोटा),

प्रदेश नम्बर ७– सेती सामुदायिक एफएम (बझाङ),

कार्यक्रमकाबिच शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*