सिमरामा बिश्वकप फुटबलको रौनक : गुप्ता मार्केटमा जे देखियो …

ए वान डेस्क
३२ असार २०७५, सोमबार ००:२१

प्रदिप गौतम /

बिश्वकप फुटबलको अन्तिम दिन भएर होला आज बिहानैदेखि सिमरामा फाईनल खेलको चर्चा चल्यो । चिया पसलदेखि तरकारी बजारसम्म बिश्वकप २०१८ को उपाधी कसले उचाल्ला भन्ने बिषयमा आ–आफ्नै आकंलन हुन थाल्यो ।

कोही फ्रान्सले उपाधी जित्छ भन्दै थिए त कोही क्रोएसीयाले । योबिचमा दुवै देशका समर्थकले बाजीसमेत लगाउन भ्याए । एकाथरी भने खेलको मज्जा लिन गुप्ता मार्केटमा खेल हेर्ने व्यवस्था मिलाउदै थिए ।

झन्डै दिनभरीको तयारीपछि ठुलो प्रोजेक्टर राखेर सिमराको गुप्ता मार्केटमा खेल हेर्ने व्यवस्था मिलाईयो । यसअघि अन्य खेल हेर्न सिमराकै बिभिन्न क्ष्ँेत्रमा प्रोजेक्टर राखिएको थियो । तर आज फाईनल खेल हेर्न सिमराका सबै खेलप्रेमी गुप्ता मार्केट जम्मा भए ।

राती पौने ९ बजेदेखि शुरु हुने दुई टिमको खेल हेर्न ८ बजेदेखि नै गुप्ता मार्केटमा खेलप्रेमीको भिड लाग्यो । गुप्ता मार्केटको पुर्वतर्फ फ्रान्स र पश्चिमतर्फ क्रोएसीयाका समर्थक खेल हेर्न बसे । केही फ्रान्सका समर्थकभने पश्चितर्फ पनि बसेका थिए ।

उत्तरतर्फ ठुलो प्रोजेक्टर राखिएको थियो । त्यसको छेउमा फ्रान्स लेखिएको ठुलो पर्दा राखिएको थियो ।

फाईनल खेल हेर्न झन्डै ५ सयको हाराहारीमा दुवै देशका समर्थक गुप्ता मार्केटमा जम्मा भएका थिए । त्यहा ठुलो संख्यामा महिला तथा बालबालिका पनि थिए ।

फाईनल खेल हेर्न गुप्ता मार्केटमा कलाकार, पत्रकार, व्यवसायी, शिक्षक, बिद्यार्थी लगायत सबै क्षेत्रका व्यक्तिहरु उपस्थित थिए ।

ठ्याक्कै पौने ९ बजे खेल शुरु भयो ।

यस्तो थियो खेल

पहिलो हाफमा फ्रान्सले २ गोल गर्यो पछि दोस्रो हाफमा पनि २ गोल थप्दै ४–२ को जितसहित दोस्रो पटक फ्रान्सले उपाधि उचाल्यो । पहिलो पटक फाइनलमा पुग्दै पराजित भएको क्रोएसियाले फ्रान्सविरुद्ध पहिलो र दोस्रो हाफमा १–१ गोल गर्न सफल भयो ।

खेलको सुरुवातमै क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता बनाएको थियो । खेलको १७ औ मिनेटमा डी बक्स बाहिर पाएको फ्रि किक बललाई फ्रान्सले गोलमा परिणत गर्न सफल भएको हो ।

त्यसपछि खेलको २८ औँ मिनेटमा गोल क्रोएसिया खेलमा फर्किएको थियो । लुका मोर्डिचले हानेको फ्रि किक बललाई फ्रान्सको डि बक्स भित्र अल्मलिएको अवस्थामा इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

डि बक्स भित्र क्रोएसियाका खेलाडीले हेन्ड गरेपछि अर्जेन्टाइन रेफ्रीले भीएआरको सहयोग लिएका थिए । भीएआरको सहयोगमा हेन्ड भएको देखिएपछि फ्रान्सले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता २–१ बनाएको थियो ।

यसअघि १७ औ मिनेटमा फ्रान्सले फ्रिकिकबाट गोल गरेको थियो भने २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले सुन्दर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

तर डी बक्स भित्र हेन्ड भएको भन्दै अर्जेन्टाइन रेफ्री पिटानाले भिडियो एसिस्टेन्स रेफ्री (भीएआर) को सहयोगमा पेनाल्टी दिएपछि खेलको ३८ औँ मिनेटमा फ्रान्सले २–१ को अग्रता बनायो ।

उसका लागि एन्टोइन ग्रिजमनले पेनाल्टीबाट गोल गर्दै अग्रता २–१ बनाएका थिए । पहिलो हाफको खेल २–१ मा सकिएको अवस्थामा फ्रान्सले दोस्रो हाफमा अझ आक्रमक खेल खेल्यो ।

उसका लागि खेलको ५९ औ मिनेटमा पल पोग्बाले अर्को गोल थपे । पहिलो पटक हानेको बल डी एरियाबाट राम्ररी क्लियर नभएको अवस्थामा दोस्रो प्रहारमा पोग्बाले जाली चुमाउँदै अग्रता ३–१ बनाए ।

त्यसको ६ मिनेटपछि अर्थात् ६५ औ मिनेटमा १९ वर्षीय स्ट्राइकर एम्बाप्पेले उत्कृष्ट गोल गर्दै अग्रता ४–१ मा पु¥याए । तर, क्रोएसियाले पनि हार मानेन । उसका लागि मारियो मान्जुकिजले खेलको ६९ औँ मिनेटमा गोल गरे ।

फ्रान्सका किपर ह्युगो लोरिसले डी एरियाबाट बल क्लियर गर्न खोज्दा पुगेका मान्जुकिजल सीधै जाली चुमाइदिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*