बारामा चार जना मोटरसाईकल चोर पक्राउ

ए वान डेस्क
३ श्रावण २०७५, बिहीबार २२:५४

ए वान डेस्क /

जिल्ला प्रहरी कार्यालय बाराले चार जना मोटरसाईकल चोरलाई आज पक्राउ गरेको छ । प्राप्त जानकारी अनुसार चार जना चोरलाई बारा प्रहरीले जैतापुरबाट आज दिउसो पक्राउ गरेको हो ।

प्रेस बिज्ञप्ती जारी गर्दे बाराका प्रहरी नायव उपरीक्ष्ँक रंजित सिंह राठोरले वडहर्वाबाट हराएको मोटरसँईकलसहित चार जनालाई जैतापुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १६ स्थित वडहर्वाका सरोज खतिवडाको घरबाट हिजोराति ना४२प २१८९ नम्बरको मोटरसाईल चोरी भएको थियो ।

प्रहरीले जारी गरेको बिज्ञप्ती अनुसार करैयामाई गाउपालिका वडा नम्बर ५ बस्ने दिपक चौधरी, राकेश चौधरी, राजेश चौधरी र विकाश चौधरी मोटरसाईकलसहित पक्राउ परेका हुन् । पक्राउ परेका चार जनाको बिषयमा थप अनुसन्धान भईरहेको बाराका प्रहरी नायव उपरीक्षक रंजित सिंह राठोरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*