बाराको पहिलो सफ्टवेयर कम्पनी दोश्रो बर्षमा प्रवेश

ए वान डेस्क
३ श्रावण २०७५, बिहीबार २३:०६

बारा जिल्लाकै पहिलो सफ्टवेयर कम्पनी मुनसाईन टेक्नोलोजि दोश्रो बर्षमा प्रवेश गरेको छ । श्रावण १ गते कम्पनीले बार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवकै अवसरमा नेपाल रेडक्रस सोसाईटि सिमरा उपशाखासंग ब्लड बैंक मोवाईल एप बनाउनका लागी सहकार्य भएको नेपाल रेडक्रस सोसाईटि सिमरा उपशाखाका सभापती शिव कु. शर्माले जानकारी दिनुभयो । बुधबारबाटै मोबाईल एप बनाउनका लागी काम पनि सुरु गरीएको सो कम्पनीको सी.ई.ओ.जिबन थापाले बताउनु भयो।

थापाका अनुसार यो एप निर्माणपछि शर्वसाधारणले आफुलाई आवश्यक रगत रेडक्रससंग उपलब्ध छ कि छैन भन्नेबारे एपबाटै जानकारी लिन सक्नेछन् । त्यतिमात्र नभई एप प्रयोगकर्ताहरुले एपबाटै रगत दिनलिनका लागी समन्वय गर्न सक्ने नेपाल रेडक्रस सोसाईटि सिमरा उपशाखा सभापति शिव शर्माले जानकारी दिए ।

गतबर्ष श्रावण १ गते सिमरामा स्थापित यस कम्पनीले एक बर्षको अवधिमा सरकारी तथा निजि कार्यालय, होटल, अस्पताल, कलेज जस्ता कार्यालयको वेबसाईट तथा मोबाईल एप बनाएर सिमरामा स्थापित भईरहेको छ । प्रबिधिको बिकाससंगै समृद्धितर्फ उन्मुख जितपुरसिमरा उपमहानगरपालीकाकालागी एक महत्वपूर्ण कडिको रुपमा यस कम्पनी स्थापित हुने मुनसाईन टेक्नोलोजिका सि.ई.ओ थापाले दाबी गरे ।

जितपुरसिमरा उपमहानगरपालीका सँग सम्झौता गरि मोबाईल एप बनाएर उपमहानगरबासीका लागी कार्यालयको गतिबिधि लगाएत सम्पूर्ण जानकारी मोबाइल एप बाटै गराउन सफल भएको छ । यस कम्पनीले ४ जना सफ्टवेयर ईन्जिनियरलाई रोजगारी दिनुका साथै आउट सोसिंङ प्रोजेक्टहरु पनि गर्दै आएको छ ।

स्थानिय स्तरमा सफल सफ्टवेयर कम्पनीको रुपमा स्थापित हुदै बिद्यालय, ब्यापार ब्यवसाय, सहकारी, सरकारकारी तथा गैरसरकारी कार्यालयहरुसंग समन्वय गरी सफ्टवेयर सिस्टमको बिकास गर्ने उनले दाबी गरे ।

आगामी दिनहरुमा स्थानिय बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आईटिको आधारभुत ज्ञान दिने तयारी भैरहेको समेत उनले बताए । सफ्टवेयरको महत्वबारे राम्ररी जानकारी नहुदा सुरुवाती दिनमा चुनौती ब्यहोर्नुपरेपनि सबैको साथ सहयोग पाईएको र आगामी दिनमा समृद्ध उपमहानगर निर्माण गर्ने जितपुरसिमरा उपमहानगरपालीको लक्ष्य पुरा गर्न उपमहानगरसंगै समन्वय गर्दै अघि बढ्ने थापाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*