बाराकी अञ्जु नेपालको प्रतिनिधित्व गरेर थाईल्याण्ड पुग्दा ….

ए वान डेस्क /
बाराकी अञ्जु धिताल नेपालको प्रतिनिधित्व गरेर थाईल्याण्ड जानुभयो । थाईल्याण्डमा आयोजित महिला शसक्तिकरण र महिला घोषणा पत्र सम्बन्धी ४ दिने बिशेष कार्यक्रममा सहभागी हुन धिताल थाईल्याण्ड जानुभएको हो ।
पथलैया निवासी धिताल दृष्टिबिहिन हुनुहुन्छ । मे २७ अर्थात जेठ १० गते ४ दिने कार्यक्रमको लागी सहयोगीसंगै धिताल थाईल्याण्ड जानुभएको थियो ।
धिताल थाईल्याण्डमा १ साता बस्नुभयो । थाईल्याण्डको थाई चेङमाईमा आयोजित कार्यक्रममा उहाले नेपालको तर्फबाट अपाङ्गगता भएका महिलाहरुको समस्या त्यहा राख्नुभयो ।
कार्यक्रममा बिभिन्न ९ देशका प्रतिनिधिहरुले सहभागीता जनाएका थिए । महिला सम्बन्धी बिभिन्न संघ–संस्थामा काम गर्ने महिला प्रतिनिधिहरु कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दे धितालले आफ्नो भनाई रँख्नुभएको थियो ।
आफ्नो भनाई राख्ने क्रममा अञ्जुले नेपाल खासगरी मधेशमा महिलाको आफ्नो छुट्टै पहिचान नभएको बताउनुभयो । ‘मधेशमा पशुलाई सरह महिलालाई थुनेर राख्छन्, त्यसतर्फ कसैको पनि ध्यान पुगेको छैन्’ उहाले भननुभयो ।
सोही अवसरमा उहाले नेपालको तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश नम्बर २ मा कार्यक्रम
अपाङ्गगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउन प्रदेश नम्बर २ मा बिशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको उहाले बताउनुभयो । ए वान समाचारसंग कुरागर्दे उहाले बारा, पर्सा र महोत्तरीलाई केन्द्रबिन्दु बनाई ८ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो ।
‘अपाङ्गगता भएका महिलाहरुलाई सिपमुलक तालिम, व्यवसायमा आवद्ध गरी आत्मनिर्भर गराउने कार्यको शुरुवात गरिदैछ’ उहाले भन्नुभयो । सो कार्यक्रममा एपिडब्लुले छिट्टै प्रदेश नम्बर २ मा सञ्चालन गर्ने उहाले जानकारी दिनुभयो ।