हुलासमा लागेको आगो नियन्त्रणमा आयो

फोटो : सुदिप ढकाल
ए वान डेस्क
५ श्रावण २०७५, शनिबार १७:५८

ए वान डेस्क /

बाराको सिमरामा रहेको हुलास स्टिलमा लागेको नियन्त्रणमा आएको छ । ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार बिजुली सर्ट भई हुलासभित्र लागेको आगो केहिबेर अघि नियन्त्रणमा आएको हो ।

सिमराको तनविर पेट्राल पम्प अगाडी रहेको उद्योगको सि.आर.एममा बिजुली सर्ट भई आगलागी भएको थियो । आगो जीतपुरसिमरा उप–महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा प्रहरीले झन्डै १५ मिनेटपछि नियन्त्रणमा लिएको हो ।

आगो लाग्ने बित्तिकै प्रहरी टोलि घटनास्थल पुगेको थियो । आगो लागेपछि हुलास स्टिलको छेउछाउमा बसोबास गर्ने स्थानीय शर्वसाधारण त्रसित भएका थिए ।

‘अहिले अवस्था सामान्य छ, आगो नियन्त्रणमा आईसक्यो’ प्रहरी नीरिक्षक सुबास हमालले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*