सिमराको दुई उद्योगमा एकैपटक आगलागी, उड्यो धुवाको मुस्लो

ए वान डेस्क
५ श्रावण २०७५, शनिबार १८:१२

ए वान डेस्क /

बाराको सिमरामा रहेको दुई उद्योगमा एकैपटक आगलागी भएको छ । सिमरामा रहेको जगदम्बा स्टिल र हुलास स्टिलमा अघि दिउसो एकैपटक आगलागी भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार हुलासमा बिजुली सर्ट भएर आगलागी भएको हो भने जगदम्बामा आगो लाग्नुको कारण अझै खुल्न सकेको छैन् । सिमराको तनविर पेट्राल पम्प अगाडी रहेको हुलास स्टिल उद्योगको सि.आर.एममा बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

जगदम्बा र हुलासमा लागेको आगो नियन्त्रणमा आईसकेको छ । जीतपुरसिमरा उप–महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा प्रहरीले दुवै उद्योगमा लागेको आगो नियन्त्रणमा लिएको हो ।

आगो लाग्ने बित्तिकै प्रहरी टोलि दुवै उद्योगमा पुगेको थियो । आगो लागेपछि जगदम्बा र हुलास स्टिलको छेउछाउमा बसोबास गर्ने स्थानीय शर्वसाधारण त्रसित भएका थिए ।

दुवै उद्योगमा एकैपटक आगलागी भएपछि सिमरामा धुवाको बाक्लो मुस्लो उडेको थियो । दुवै उद्योगमा लागेको आगोको क्षतीको विवरण अझै आउन सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*