अंकित हत्या काण्ड : जीतपुरमा विरोध प्रदर्शन, हत्यारालाई कडा कारर्वाही गर्न माग

ए वान डेस्क÷ /
अंकितकुमार साहको हत्याको विरोधमा जीतपुरसिमराका सरोकारवालाहरुले जीतपुरमा आज प्रदर्शन गरेका छन् । प्रहरीको उदासिन्ताका कारण अंकितको अपहरणपछि हत्या भएको भन्दै जीतपुरसिमराका सरोकारवालाहरुले आज जीतपुरमा प्रदर्शन गरेका हुन् ।
प्रहरी प्रशासनविरुद्ध सडकमा कडा रुपमा प्रस्तुत भएका जीतपुरसिमराका उद्योगी व्यवसायी, व्यापारी, राजनितिककर्मी, शिक्षक, बिद्यार्थी लगायतले हत्यारालाई कडा कारर्वाहीको माग गरेका छन् । जीतपुर बजारमा आयोजित विरोध प्रदर्शनमा अंकीत गुप्तालाई न्याय देऊ, हत्यारालाई फासी देऊ लगायतका नारा लगाईएको थियो ।
जीतपुरसिमरा उप–महानगरपालिकाको कार्यालय अगाडीबाट निस्किएको र्यालीलले जीतपुर बजार परिक्रमा गरेको थियो । र्यालीपछि आयोजित कोणासभामा वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाह, समाजसेवी कृष्णब्रत सिंह लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
कोणसभामा बोल्दै सरोकारवालाहरुले हत्यारालाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका थिए । गएको जेठ २२ गते अपहरणमा परेका अंकितको शव पश्चिमी पर्साको जगरनाथपुर गाउस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको थियो ।
अपहरणकारीले बालकका परिवारजनसग भारतको बेतिया शहरमा १५ लाख भारतीय रुपैयँ फिरौतीवापत बुझेको थियो ।