आधाभार नजिक सडक दुर्घटना, सिमरा निवासी कार्कीको मृत्यु

पुर्व-पश्च्छिम राजमार्गको आधाभार जंगलनजिक सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।
मंगलबार साझ बाराको जितपुरसिमरा उपमहानगरपालिका २१ नेपाल आयल निगम नजिकै टिफ़रले मोटरसाइकललाई ठक्कर दिएको हो । हेटौंडाबाट पथलैया तर्फ जादै गरेको ना.५१ प. ६४८ नम्बरको मोटरसाइकललाई परवानीपुरबाट हेटौंडा आइरहेको ना.३ख.९६२९ नम्बरको टिफ़रले ठक्कर दिदा जितपुरसिमरा उपमहानगरपालिका १ निवासी मोटरसाइकल चालक ३३ बर्षिय दिनेश कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिफ़र चालक जितपुरसिमरा उपमहानगरपालिका २१ बस्ने कृष्ण लामालाई टिफ़र सहित इलाका प्रहरी कार्यालय अमलेखगन्जको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।