सिमरामा अपाङ्ग बालबालीकालाई छात्रवृत्ति

जितपुरसिमरा उपमहानगरपालीका १ सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले बिद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालीकालाई छात्रवृत्ती प्रदान गरेको छ । छात्रवृत्ती बितरण कार्यक्रममा बोल्दै बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतमले अपाङ्गता भएका बालबालीकाको मनोवल उच्च राख्न सो कार्यक्रमको आयोजना गरिएको बताए ।
राज्यले यस्ता बालबालीकालाई अझैपनि उपयुक्त पठनपाठनको ब्यवस्थापन गर्न नसकेकोमा चिन्ता ब्यक्त गर्दै गौतमले अपाङ्गता भएका बालबालीकाको मनोबल उच्च राख्न सके झमक घिमिरे बन्न सक्ने बताए । यस बर्षको एसईई परिक्षाको नतिजामा समेत अपाङ्ग बिद्यार्थीले अन्य सरहनै उच्च अँक ल्याउन सफल भएको उदाहरण दिँदै उनले बिद्यालयमा संचालन भइरहेको अपाङ्ग शिक्षाको कक्षालाई थप प्रभावकारी बनाउने बताए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, प्रदेश नम्बर ३ का अध्यक्ष गँगा प्रसाद वाग्ले, बिद्यालयका प्रध्यानाध्यापक शंकर आचार्य, सह–प्रध्यानाध्याक अच्युतदेव सिटौला, बिद्यालय ब्यवस्थापन समिती सदस्य दिपक शर्मा लगाएत अपाङ्गता भएका बालबालीका र तिनका अभिभावकको उपस्थिती रहेको थियो । बिद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी कान नसन्ने, आँखा नदेख्ने र शरिरिक रुपमा अशक्त बालबालीकालाई जनही ५ हजार र कक्षा ११/१२ का छात्रछात्रालाई बिशेष छात्रवृत्ती प्रदान गरेको हो ।
शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय, कलैयाको सहयोगमा आयोजना गरिएको बितरण कार्यक्रममा ब्रेनलिपि माध्यममा १२ कक्षा अध्ययनरत महेश शाहलाई बिशेष छात्रवृत्ती स्वरुप नगद ४० हजार सहित अन्य बिद्यालयमा अध्ययनरत छात्रछात्रालाई ५ हजारका दरले रकम बिरतण गरिएको बिद्यालयका लेखा अधिकृत उद्यव अधिकारीले जानकारी दिए ।