विदेशी च्यानललाई शुल्क बढ्यो

ए वान डेस्क
१० श्रावण २०७५, बिहीबार ०७:०५

सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । आजको कान्तिपुरको पृष्ठ १३ मा यो समाचार छापिएको छ ।

समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो ।

नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिनुपर्दछ ।

यस्तै विज्ञापन समावेश भएका निशुल्क च्यानलको डाउनलिंक गरी प्रसारण गर्न प्रतिच्यानल पाँच लाख रुपैयाँ पर्नेछ ।

विज्ञापन समावेश नभएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ३ लाख रुपैयाँ शुल्क तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*