बारा प्रहरीद्धारा भन्सार छलीका मालसमान नियन्त्रणमा

ए वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका मालसमान नियन्त्रणमा लिई भन्सार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले बिभिन्न मितिमा नियन्त्रण लिएको भन्सार छलीका मालसमान हिजो भन्सार चलान गरेको हो ।
प्रहरीका अनुसार ३ लाख ३२ हजार २ सय ५० रुपैया मुल्य बराबरको लत्ता कपडा, खाद्यान्न, किराना मालसमान नियन्त्रणमा लिईएको हो । साथै उक्त मालसमान ओसार प्रसार गर्न प्रयोग गरिएको ३ थान मोटरसाईकल र २० थान साईकल आवश्यक कारर्वाहीका लागी भन्सार कार्यालय विरगञ्ज पठाईएको बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।