चिटिक्क देखियो सिमरा बिमानस्थलको मुल गेट
ए वान डेस्क /
सिमरा बिमानस्थलको मुल गेट निर्माण कार्य सम्पन्न भएको छ । झन्डै १ बर्षदेखि मुल गेट जिर्ण बन्दा सिमरा बिमानस्थलको मुहार नै बिग्रिएको थियो । लामो समयदेखि जिर्ण अवस्थामा रहेको मुल गेट बनाउने काम आलमदेवी निमार्ण सेवा कम्पनीले पाएको थियो ।
बिमानस्थल कार्यालयका प्रमुख हिराजन काफ्लेले आलमदेवी निमार्ण सेवा कम्पनीसंग सम्झौता भए अनुरुप १० लाख रुपैयामा काम सम्पन्न भएको बताउनुभयो । बिमानस्थलको मुल गेट २ महिनामा तयार भएको आलमदेवी निमार्ण सेवा कम्पनीका सञ्चालक गणेश शाहले ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘बिमानस्थलको मुल गेट बनाउने काम हामीले पाएसंगै हामिले दु्रतगतिमा काम थाल्यौ, फलश्वरुप अहिले हामीले बिमानस्थलको मुल गेट चिटिक्क पारेका छौै’ कम्पनीका सञ्चालक शाहले भन्नुभयो । मुल गेट बनाउन आलमदेवी निमार्ण सेवासहित ३ वटा कम्पनीको टेण्डर परेको थियो ।















