बारामा बहुविवाह तथा सम्बन्ध विच्छेदको घटना बढ्दो

ए वान डेस्क
१३ श्रावण २०७५, आईतवार १५:४९

बारामा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै जानुले सामाजिक विकृति एकपछि अर्को उजागर हुँदै गएको छ । महिला तथा पुरुषबीच अविश्वासको खाडल बढ्दै गएपछि यस्ता घटनाहरू जिल्लामा दोब्बरको संख्यामा वृद्धि हुनु चिन्ताको विषय बनेको प्रहरी तथा अदालतको तथ्यांकले पुष्टि गरेको छ ।

आव २०७३/७४ भन्दा आव २०७४/७५ मा बहुविवाहसम्बन्धी मुद्दा दोब्बरले बढेको जिल्ला अदालत बाराले जनाएको छ । जसअनुसार २०७३/७४ मा ६ वटा बहुविवाहको मुद्दा परेकामा २०७४/७५ मा यसको संख्या बढेर १४ वटा पुगेको छ । यस्तै आव २०७३/७४ मा १२७ वटा सम्बन्ध विच्छेदको मुद्दा परेकामा आव २०७४/७५ मा यसको संख्या बढेर १३० वटा पुगेको छ ।

बहुविवाह कानूनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलु हिंसाको कारण यस्ता घटनाहरू समाजमा घट्ने गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले अज्ञानता, शहरी जीवन शैली तथा तडकभडक, नकारात्मक सोच हुनु तथा सामाजिक असन्तुलनको कारण यस्तो वातावरणको विकास हुँदै गएको बताउनुभयो ।

देश संघीयतामा गएपछि संघीय सरकारले पहिलो चरणको मुद्दा मामिला सुनुवाइ गर्ने अधिकार स्थानीय तहलाई दिए पनि कानूनको ज्ञाता नै नभएका जनप्रतिनिधिहरूलाई यस्ता मुद्दा किनारा लगाउन समस्या हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*