पाइलटले रक्सी पिएपछि दुबई उड्न लागेको जहाज काठमाडौंमै रोकियो

ए वान डेस्क
१३ श्रावण २०७५, आईतवार १६:०१

पाइलटले रक्सी पिएपछि काठमाडौंबाट दुबई उड्न लागेको फ्लाई दुबईको जहाज काठमाडौं विमानस्थलमै रोकिएको छ । एफजेड ७३७ फ्लाइट नम्बरको जहाज बिहान ९:५० बजे उड्नुपर्ने तालिका थियो । तर पाइलटले रक्सी पिएको थाहा भएपछि उडान रद्द गरिएको हो ।

विमानस्थल स्रोतका अनुसार जहाज उडाउने तयारी भैरहँदा एक पाइलटले रक्सी पिएको कुरा चालक दलका अरु सदस्यलाई थाहा भयो । त्यसपछि उनीहरुले विमानस्थल प्रशासनलाई यसबारे जानकारी गराए । विमानस्थल प्रशासनले ती पाइलटलाई तत्काल स्वास्थ्य जाँच गराएर उडान रद्द गरेको हो ।

विमानस्थल कार्यालयका अनुसार ३:४० मा दुबईबाट आउने अर्को जहाजमा नयाँ पाइलट पनि सँगै आउँछन् । त्यसपछि मात्र रोकिएको जहाज दुबईको लागि उड्नेछ । उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*