जीतपुर हत्या काण्ड : गृहमन्त्रीलाई ज्ञापन, भने : सत्यतथ्य बुझ्छु
प्रदिप गौतम/
बाराका सरोकारवालाहरुले अंकितकुमार साहका हत्यारालाई कडा कारर्वाही गर्न सरकारसंग माग गरेका छन् । प्रहरी प्रशासनको उदासिन्ताका कारण अंकितको अपहरणपछि हत्या भएको भन्दै सरोकारवालाहरुले आज गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएका छन् ।
बाराबाट काठमाण्डौ पुगेको एक टोलिले आज गृहमन्त्री थापालाई भेटगरी अंकितको हत्यारालाई कडा कारर्वाही गर्न माग गरेको हो । अंकितको गएको जेठ २२ गते जीतपुरबाट अपहरण भएको थियो ।
अंकितको शव पश्चिमी पर्साको जगरनाथपुर गाउस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको थियो । अंतिकको हत्याअघि अपहरणकारीले परिवारजनसग भारतको बेतिया शहरमा १५ लाख भारतीय रुपैयँ फिरौतीवापत बुझेको थियो ।
भेटमा को–को थिए ?
गृहमन्त्रीलाई भेट्न बाराबाट सासंद ज्वाला शाह, नेकपाका नेताहरु गोपाल ठाकुर, राजन पौडेल, भरत भण्डारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा, समाजसेवी राजकुमार लामा, पत्रकार बसन्त खतिवडा सिंहदरवार पुग्नुभएको थियो । भेटमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्षसमेत रहनुभएका होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले गृहमन्त्री थापाको ध्यानाकर्षण गराउनुभएको थियो ।
गृहमन्त्री थापाको ध्यानाकर्षण गराउदै शर्माले फिरौती बापतको रकम परिवारजनलाई उपलब्ध गराउन माग गर्नुभयो । साथै बारा र पर्साको सुरक्षा व्यवस्था मजबुत बनाउन समेत गृहमन्त्री थापालाई ज्ञापन पत्रमार्फत बिशेष आग्रह गरिएको शर्माले ए वान समाचारलाई जानकारी दिनुभयो ।
के भने गृहमन्त्रीले ?
जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको सत्यतथ्य बुझ्ने बताउनुभएको छ । ‘घटनाको बिषयमा गृहमन्त्री थापालाई हामीले जानकारी गराईसकेपछि उहाले घटनाको बिषयमा आफुले सत्थतथ्य बुझ्ने बताउनुभयो’ भेटमा सहभागी पथलैयाका समाजसेवी राजकुमार लामाले ए वान समाचारसंग भन्नुभयो ।
यसअघि पुर्वमन्त्री प्रभु शाहले पनि अंकितको हत्यारालाई कडाभन्दा कडा कारर्वाही गर्न गृहमन्त्री थापालाई आग्रह गर्नुभएको थियो । सासंदसमेत रहनुभएका शाहले घटनामा संलग्न दोषिहरुलाई कडा कारर्वाही गर्न माग गर्नुभएको नेकपाका युवा नेता उमेश कुशुवाहले जानकारी दिनुभयो ।
यस्तो छ ज्ञापन–पत्र
















