सिमराका चौलागाई दम्पतीलाई एक बर्षमै लण्ड्रीबाट सफल्तै सफल्ता

फोटो : चौलागाई परिवारसंग बाबुराम भट्राई
ए वान डेस्क
१३ श्रावण २०७५, आईतवार १८:२८

ए वान डेस्क /

बाराको सिमरामा सञ्चालित युआर अटोमेटिक लण्ड्रीले आज एक बर्ष पुरा गरेको छ । एक बर्ष पुरा गरेको अवसरमा शुभकामना सन्देश जारी गर्दे लण्ड्री सञ्चालक उमेश चौलागाईले सबैको साथ र सहयोगले पहिलो बर्षमै आफुले सफल्ता प्राप्त गर्न सफल भएको बताउनुभयो ।

एक बर्षअघि करिव १८ लाखको लागतमा लण्ड्री सञ्चालन गरेका चौलागाईले प्रविधियुक्त मेसिन थप गर्दे लगेका छन् । अहिले सो लण्ड्रीमा चौलागाईले झन्डै ४० लाखको लगानी गरेका छन् ।

जिल्लामै पहिलो पटक एक बर्षअघि सिमराबाट सञ्चालनमा आएको आधुनिक प्रविधीयुक्त लण्ड्रीको निजगढमासमेत शाखा बिस्तार गरिएको छ ।

कठिनाईपछि सफल्ता

चौलागाई बिदेशमा झन्डै १० बर्ष बसे । १० बर्ष बसेका चौलागाईले नेपाल आए लगत्तै अब भने आफ्नै देशमा केहि गर्नुपर्छ भने सोचका साथ लण्ड्री सञ्चालनको तयारी थाले ।

बिदेशी अनुभव बटुलेर स्वदेशमै लण्ड्री सेवा बिस्तार गर्न थालेपछि शुरुमा चौलागाईले निकै कठिनाई व्यहोर्नुपर्यो । बिस्तार बिस्तारै लण्ड्रीको प्रचार प्रसारसंगै सम्बन्ध स्थापित गर्न थालेपछि भने चौलागाईको प्रत्यक दिन उज्यालो हुदै गयो ।

बिचमा आवश्यक स्रोत साधनको अभावमा चौलगाईलाई सफल्ता हासिल गर्न निकै समस्या परेको थियो । तर बिस्तारै लगानी थप गर्दे स्रोत र साधानको भरपुर प्रयोग गर्न थालेपछि भने चौलागाईलाई सफल्ता मिल्न थाल्यो ।

केहिमहिना अघि नया शक्ति पार्टीका संयोजक बाबुराम भट्राईलेसमेत लण्ड्री अवलोकन गरी चौलागाईलाई हौसला प्रदान गरे । पत्नि हिसिला यमीसंगै सिमरा आएका भट्राईले नेपालमै बसेर प्रविधियुक्त लण्ड्री सञ्चालन गर्नु आफैमा गौरवको बिषय भएकोभन्दै चौलागाई शुभकामना दिएका थिए ।

२ सन्तानका बाबु उमेश अहिले व्यवसायिक सफल्ता मिलेकोमा निकै खुशि देखिनुहुन्छ । त्यसो त पत्नि रिता कडेलले नै कार्यालय सञ्चालनमा सहयोग गर्ने गरेपछि परिवारबाट आफुले भरपुर सहयोग प्राप्त गरेको उहाले बताउनुभयो ।

उहाले सबैको साथ र सहयोगले आफु अघि बढेकोभन्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

लण्ड्रीमा हरेक प्रकारका कोट, सर्ट, पाईन्ट, दौरा सुरुवाल, सितारा जडित साडी, कुर्ता सुरुवाल, ज्याकेट, लेदर ज्याकेट, पर्दा, तन्ना, स्विटर, ब्ल्याङकेट आदि आधुनिक मेसिनद्धारा धुलाई गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*