जीतपुरसिमरामा ग्रामीण सडक हिलाम्य, आवात–जावतमा समस्या

ए वान डेस्क /
लगातारको वर्षाले जीतपुरसिमरा उप–महानगरपालिकाभित्रका ग्रामीण सडकहरू प्रभावित भएका छन् । केहिदिन यताको ठूलो वर्षाका कारण मुख्य सहर क्षेत्रसंग जोडिएका भित्रि सडकहरु प्रभावित भएका हुन् ।
वर्षाका कारण वडा नम्बर ५, ११, १४, १५, १६, १७, १९, २३ र २४ मा राम्रोसंग यातायातका साधन चल्न सकेका छैनन् । लगातारको बर्षाले वडा नम्बर ५ र ११ को बिचमा पर्ने दुधौरा खोलाले बाटो बिर्गादा स्थानीयलाई आवात जावतमा समस्या भईरहेको छ ।
बाटो बिग्रिदा सवारी सञ्चालन गर्न समस्या भईरहेको एक जना मयुरी चालकले बताए । वडा नम्बर ११ को खेस्रौलमा पनि त्यस्तै समस्या देखिएको छ । बर्षाले बाटो हिलाम्य भएको स्थानीयले बताएका छन् ।
‘बाटो हिलाम्य भएपछि समस्या धेरै देखिएको छ, अहिले यहा एम्बुलेन्सपनि चल्ने अवस्था छैन्’ स्थानीय रोहित झाले ए वान समाचारसंग भन्नुभयो ।
वडा नम्बर ११ मा जस्तै १६ मा पनि त्यस्तै समस्या छ । १६ को टांग्यिवस्तीबाट निजगढ निस्किने भित्रि सडक बर्षाले हिलाम्य भएको छ । सो सडकखण्डसमेत वर्षात्ले प्रभावित बन्दै गएपछि स्थानीय आक्रोसित देखिएका छन् ।
कच्ची सडक वर्षाले हिलाम्य भएपछि यातायात सञ्चालन गर्न गाह्रो भएको बस चालकले बताएका छन् ।
सम्बन्धीत निकायको बेवास्ताका कारण भित्रि सडक बर्षाका कारण अवरुद्ध हुन पुगेको स्थानीयले आरोप लगाएका छन् ।