सडक दुर्घटनामा एकै परिवारका १४ जनाले ज्यान गुमाए

ए वान डेस्क
१४ श्रावण २०७५, सोमबार १५:०८

मध्य भियतनाममा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् ।

विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो । भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

मध्य भियतनामको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुलासहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समय अनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए ।

प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*