नेपालका गाईगोरु बंगलादेश तस्करी

ए वान डेस्क
२० श्रावण २०७५, आईतवार ०९:१४

तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।

नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तत्य खुलेको हो ।

प्रहरीका अनुसार उनले नुवाकोटको लिपु, गुप्तेश्वर, शिवपुरीलगायतका क्षेत्रबाट गाईगोरु जम्मा गरी बंगलादेशतर्फ लैजान लागेका थिए ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*