जीतपुर हत्या काण्ड : २ महिनापछि अंकितका हत्यारालाई शार्वजनीक गरिदै

ए वान डेस्क
२० श्रावण २०७५, आईतवार १२:२०

ए वान डेस्क /

जिल्ला प्रहरी कार्यालय बाराले अंकितका हत्याराहरुलाई आज शार्वजनीक गर्देछ । घटना भएको २ महिनापछि प्रहरीले आज अंकितका हत्याराहरुलाई शार्वजनीक गर्न लागेको हो ।

स्रोतका अनुसार प्रहरीले हत्यामा संलग्न २ जनालाई पक्राउ गरेको छ । २ जना मध्य एकजना महिला रहेको स्रोतको दाबी छ । ‘एकजना महिला र एकजना पुरुष पक्राउ परेका छन्, जसमध्य एक जना सिमरामा छन् भने एक जना जिल्ला प्रहरीमा’ स्रोतले भन्यो ।

पक्राउ परेकाहरुलाई शार्वजनीक गर्न जिल्ला प्रहरी कार्यालय बाराले सिमरामा पत्रकार सम्मेलनको आयोजना गरेको छ । अंकित हत्या काण्डको बिषयमा जानकारी गराउन अपराहन्न साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।

अंकितकुमार साहको गएको जेठ २२ गते जीतपुरबाट अपहरण भएको थियो । जीतपुर निवासी अंकितको शव पश्चिमी पर्साको जगरनाथपुर गाउस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको थियो । अंतिकको हत्याअघि अपहरणकारीले परिवारजनसग भारतको बेतिया शहरमा १५ लाख भारतीय रुपैयँ फिरौतीवापत बुझेको थियो ।

अंकितको हत्यारालाई कडाभन्दा कडा कारर्वाही गर्न माग गर्दे जीतपुरसिमराका सरोकारवालाहरुले सरकारको समेत ध्यानआकर्षण गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*