जीतपुरसिमरामा रहेको अर्काको जग्गा आफ्नो भनी ठगी गर्न खोज्दा …

ए वान डेस्क
२० श्रावण २०७५, आईतवार १३:३२

ए वान डेस्क /

ईलाका प्रहरी कार्यालय सिमराले आफ्नो जग्गा भनी अरुलाई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार आफ्नो जग्गा भनी ठगी गर्ने ३ जनालाई सिमरा प्रहरीले हिजो पक्राउ गरेको हो ।

जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १५ मा रौतहट निवासी बसुन्धरम सिंहको नाममा रहेको ४ बिघाह १३ कठ्ठा ५ धुर जग्गालाई आफ्नो भनी अरुलाई बेच्न लागेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार विरगञ्ज उप–महानगरपालिका वडा नम्बर ३ निवासी लालाकिसोर सिंह, वडा नम्बर २१ निवासी गफुर मिया र परवानीपुर गाउपालिका वडा नम्बर ४ निवासी सोनालाला साह कानु पक्राउ परेका छन् ।

सो जग्गा तनहु निवासी रमेश थापालाई २ करोड ५० लाख रकममा उनीहरुले बेच्न लागेका थिए । त्यसका लागी उनीहरुले २ लाख ५० हजार रुपैया बैनासमेत लिएका थिए ।

पक्राउ परेकाहरुको बिषयमा अनुसन्धान भईरहेको बाराका प्रहरी नायव उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*