मकवानपुरका क्षेत्री अवैध लागुऔषधसहित पक्राउ

ए वान डेस्क
२० श्रावण २०७५, आईतवार २१:०८

नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आज पक्राउ गरेको हो ।

ब्युरोले पक्राउ गरेका क्षेत्रीको साथबाट १०८ एम्पुल नोर्फिन, १०८ एम्पुल डाइजेपाम र १०८ एम्पुल फेनार्गन बरामद गरेको छ । प्रहरीले पक्राउ क्षेत्रीसँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ

यस्तै, महानगरीय प्रहरी परिसर काठमाडौँले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ग१३प ३९८५ र बा७७प ५५५५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न धादिङका २० वर्षीय विशाल घिमिरे र रामेछापका १९ वर्षीय शत्रु तामाङलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुलाई बुढानिलकण्ठ नगरपालिका¬–१० कपन क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*