जीतपुरसिमराका जनप्रतिनिधिले गरे शालिमार र युनिटेक सिमेन्टको अनुगमन

ए वान डेस्क
२९ श्रावण २०७५, मंगलवार २०:२७

जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरसहितका जनप्रतिनिधिले शालिमार र युनिटेक सिमेन्ट उद्योगको अनुगमन गर्दै प्रदुषण नियन्त्रणमा गम्भिर हुन उद्योग प्रशासनलाई आग्रह गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित उद्योगलाई स्थानियबासी र वातावरणमा असर नपर्ने गरी प्रदुषण नियन्त्रण गर्न आग्रह गरेको हो ।

मेयर डा. कृष्ण पौडेलको नेतृत्वमा पुगेको वडाअध्यक्षसहितको टोलीले प्रदुषण नियन्त्रणका लागि उद्योगले अपनाएको प्रविधि पर्याप्त नभएको भन्दै थप गम्भिर हुन आग्रह गरे । जनप्रतिनिधिको टोलीले यसअघि गत पुषमा उद्योगको अनुगमन गर्दै प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराएको थियो ।

जनप्रतिनिधिको अनुगमनपछि उद्योगले प्रदुषण नियन्त्रण प्लान्ट जडान गरेपनि प्रदुषण नियन्त्रण नभएको स्थानियको गुनासो छ । स्थानियको गुनासोपछि जनप्रतिनिधिले पुनः उद्योगको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मेयर डा. पौडेलसहित उपमेयर सरस्वती चौधरी, वडा नं. ३ का अध्यक्ष जगन्नाथ घिमिरे, वडा नं. ६ का अध्यक्ष कैमुदिन अंसारी, वडा नं. २३ का अध्यक्ष अस्लम देवान, उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत शिवकुमार कार्की, ईन्जिनियर नवराज शर्मा, सञ्जिब रुपाखेती, स्थानिय नेता देवनारायण चौधरीलगायत जनप्रतिनिधि र स्थानियको उपस्थिती रहेको थियो ।

अनुगमनका क्रममा उद्योग प्रशासनले प्रदुषण नियन्त्रणका लागि प्रविधि जडानको काम भईरहेको र मानव स्वास्थ्यमा गम्भिर रहेको बताएको छ । उद्योगबाट निस्कने धुलोका कारण स्थानिय पीडित हुदै आएका छन भने उद्योग वरपरको बाली नष्ट समेत नष्ट हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*