जीतपुरसिमरामा मालपोत र नापि कार्यालयको पुजा गरिदै
सांकेतिक फोटो
बाराको जीतपुरसिमरा उप–महानरपालिकामा स्थापना हुन लागेको मालपोत र नापि कार्यालयको आज बिधिवत रुपमा पुजाआजा गरिदैछ । वडा नम्बर ३ को कार्यालय अगाडी खुल्न लागेको मालापोत र नापि कार्यालयको आज बिधिवत रुपमा पुजाआजा गर्न लागिएको हो ।

वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरेका अनुसार अहिले मालपोतको पुजाआजा गरिदैछ भने दिउसो १ बजे नापि कार्यालय पुजाआजा गरिनेछ । यसअघि हिजो राति बजनीमा मालपोत र नापीको श्रेष्ता आइपुगेको थियो ।
कलैयाबाट मालपोत तथा नापी कार्यालयको श्रेष्ता राती ९ बजे बजनी आइपुगेपछि स्थानीयले भब्य स्वागत गरेका थिए । ‘आज पुजाआजा हुदैछ, अब केहिदिनपछि दुवै कार्यालयको उद्घाटन हुनेछ’ वडा अध्यक्ष घिमिरेले ए वान समाचारसंग भन्नुभयो ।
गत जेठ २१ गते सिमरामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापना गर्ने सरकारले निर्णय गरेको थियो ।















