४५ हजार घुससहित समातिए लेखा सहायक

ए वान डेस्क
३० श्रावण २०७५, बुधबार २०:२०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटबाट एक लेखा सहायकलाई ४५ हजार घुससहित पक्राउ गरेको छ ।

जिल्ला सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा कार्यरत लेखा सहायक प्रमोद ठाकुरलाई अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले नगद ४५ हजारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका ठाकुरले विद्यालयको भवन निर्माण कम्पनीसँग बारम्बार पैसा मागेर हैरान गर्ने गरेको भन्दै उजुरी परेको थियो । त्यही उजुरीका आधारमा ठाकुरलाई निगरानी गरेर रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*